वि.सं. २०८१ सालको तिहार, नेपाल संवत् ११४५ र छठपर्वसँग सम्बद्ध दिन तथा मुहूर्तहरू
वि.सं. २०८१ सालको तिहार, नेपाल संवत् ११४५ र छठपर्वसँग सम्बद्ध निम्नानुसार दिन तथा मुहूर्तहरू रहेको व्यहोरा सम्बद्ध सबैको जानकारीका लागि विज्ञप्ति प्रकाशित गरिएको छ ।
१) वि.सं. २०८१ साल कार्तिक १३ गते मङ्गलबार — धनत्रयोदशी (धन्तेरस)
२) वि.सं. २०८१ साल कार्तिक १४ गते बुधबार — कागतिहार, यमदीपदान, धन्वन्तरीजयन्ती
३) वि.सं. २०८१ साल कार्तिक १५ गते बिहिबार — कुकुरतिहार, नरकचर्तुदशी, दीपमालिका, लक्ष्मीपूजा
४) वि.सं. २०८१ साल कार्तिक १६ गते शुक्रबार — औँसी
५) वि.सं. २०८१ साल कार्तिक १७ गते शनिबार — गाईगोरूपूजा, गोबद्र्धनपूजा, बलिपूजा, हलितिहार, म्हपूजा, र नेपाल संवत् ११४५ प्रारम्भ
६) वि.सं. २०८१ साल कार्तिक १८ गते आइतबार — यमद्वितीया, भाइटीका, किजापूजा (भाइटीकाको शुभसाइत बिहान ११ः३७ बजे पश्चिम मोहडा)
७) वि.सं. २०८१ साल कार्तिक २२ गते विहिबार — छठ पर्व
वि.सं. २०८१ सालको शुभदीपावली, नेपाल संवत् ११४५ को प्रारम्भ र छठपर्वको उपलक्ष्यमा यो समिति समस्त नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछ ।
